Author: Nityaraj Pandey
Publisher : Imprint
ISBN13: 9789937993357
Language : NEPALI
Paperback
मदन पुरस्कारबाट २०१६ सालमै गद्य साहित्यतर्फ पुरस्कृत भएर आफ्नै इतिहास बनाएको कृति हो, नित्यराज पाण्डेको- महाकवि देवकोटा | यसले महाकविको जीवनीमा मात्र सीमित नरही उहाँका कृतिउपरसमेत विश्लेषणात्मक नजर राखेको छ । लेखक धोबीधाराकै बासिन्दा हुनुभएको र देवकोटा परिवारसँग राम्रो चिनजान र हेलमेल भएकै कारण महाकवि देवकोटाबारे धेरै महत्त्वपूर्ण, तथ्यपरक तथा रोचक विषय अनुसन्धान र सत्यतथ्यमा आधारित भएर उतार्नुभएको छ । यही विवेकी र विश्लेषणात्मक प्रयासले गर्दा यो कृति आधिकारिकसमेत भएको छ । मैले यो पुस्तक सर्वप्रथम २०२० सालतिर पढेको हुँ । मेरा पिताजीबारे गरिएका चर्चा मलाई अत्यन्तै घत लागेको हुनाले धेरै जनालाई यसको आधिकारिकताउपर विश्वस्त रहन आग्रह गर्दै आएको हुँ । महाकवि देवकोटाबारे प्रारम्भिक अनुसन्धानमा जसरी यस पुस्तकले ठूलो सहायता गन्यो, त्यसरी नै यसले प्राज्ञिक अनुसन्धानमा सहयोग गरिरहनेछ भन्ने मेरो विश्वास छ ।