Author: Kanchan Pudasaini
Publisher :Imprint
ISBN13: 9789905994225
Language : NEPALI
Epic Nepali
Paperback
२०४१ सालको मदन पुरस्कारप्राप्त काव्यकृति हो कवि कञ्चन पुडासैनीको प्रत्यागमन । आस्था, आदर्श र संस्कृतिगत जीवनले यस काव्यमा अभिव्यक्ति पाएको देखिनु कविमा मानव-हृदयको मानसिक व्यापार भेटिनु हो । आत्मकथाका रूपमा प्रस्तुत गरिएको प्रत्यागमन काव्यमा राष्ट्रको समाजको, व्यक्ति-व्यक्तिको भविष्यप्रति चिन्ता छ । यहाँ मननयोग्य जीवन-दर्शन छ, अनन्त सौन्दर्य-प्रेम छ, नारीजातिप्रति अगाध श्रद्धासम्मान पनि छ । मानव-धर्मप्रतिको आकर्षण नै यस काव्यको सार-सौन्दर्य भएको छ । अतः यस काव्यले पाठकवर्गमा काव्यिक रसस्वादन गराउनेछ भन्नेमा कुनै द्विविधा छैन ।